Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १७ असार २०७८ । यातायात व्यवस्था विभागले निषेधाज्ञाका कारण रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा लिने तयारी गरेको छ ।

हाल देशभरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख भन्दा धेरै छ । यो संख्या गत पुस २९ देखि निषेधाज्ञा अघिसम्म देशभरका यातायात कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो ।

निषेधाज्ञा पूर्ण रूपमा खुल्नेबित्तिकै सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिनेहरूको परीक्षा लिने विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments