Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाईनबिचार, १३ कात्तिक, मंगलबार

साधना बिनाको राजनीतिक यात्रा, जनताको सुखःदुख र सांगठानिक जीवन नभोगेको नेताको कारण हिंजो–आज नेपालको राजनीति बिकृत बन्दै गएको छ । सर्बसाधारण जनता, कार्यकर्ता ठग्न, झुक्याउन पोख्त, समाजको बदनाम मान्छे नेता बनेर मञ्चमा आसन ग्रहण गर्ने गरेको अपाच्य दृष्य देख्नुपरेको कारण आजको युवा पुस्तामा राजनीति प्रति बितृष्णा बढेको हो ।
नेपालका राजनीतिक दलहरु भित्र अदर्शको राजनीतिमा धमिराले भित्र भित्रै धराप बनाइसकेको छ । जाल–झेल , खुरापात, आर्थिक अनियमितता र चाकरीबाजको पृष्ठभूमीको मान्छे कति सहजै अहिलेका पार्टीहरु भित्र नेता कहलाउछन् । जुन कारण सचेत पढेलेखेका युवाहरु राजनीतिलाई फोहोरी खेल (डट्री गेम) भन्दै राजनीतिबाट टाढा रहन रुचाउछन् ।
तिनीहरुका अभिभावकहरुको बुझाइ पनि त्यही छ, बरु उनीहरु आफ्ना छोराछोरीलाई बिदेश पठाउन तयार छन् तर राजनीतिमा छोरा छोरी नआउन भन्ने चाहान्छन् ।
पार्टी कार्यकर्ताले कुनै अपराध गरेमा उसलाई संरक्षण गर्न नेताले न्वरान देखिको तागतको खुलेआम दुरुपयोग गर्छ । प्रशासनले पनि स्वार्थ समूहको मिलेमतोमा उन्मुक्ति दिन्छ । पार्टी कार्यकर्ताको अवरणमा गुन्डा पालेर बलियो राजनीति गर्न सकिन्छ र चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञानले ग्रसित छ बिकृत नेता । यास्तो बदनाम राजनीतिक गतिबिधि देखेको युवा कसरी आर्षित हुनसक्छ रजनीतिमा ?
सर्बाङ्ग गुटबन्दीको इजार समातेर दुर्गन्धको डंगुरमा रमाउने त्यस्ता नेता साम–दाम–दण्डभेद प्रयोग गरेर राज्य सत्ताको स्रोत दोहन गर्न सक्ने पहुँचमा पुग्छन् । त्यसपछि कार्यकर्ताको आवरणका गुण्डालाई पालन पोषण र संरक्षण गर्न विकासका भौतिक योजनाहरुको जथाभावि बितरण गर्न थाल्दछन् ।
चुनाव जित्न मत किनेको नाजायज चुनवा खर्च उठाउन प्रतिपक्षसंग भागबण्डा गर्दै आफै घुमाउरो शैलिमा ठेकेदार समेत बन्न पुगेको छ आजको नेता । प्रतिभा र क्षामता भएको युवा राज्यबटै ठगिएको झुक्याइएको महसुस गर्छ, अवसरबाट बञ्चित हुन्छ अनि देशबाटै पलायन हुन्छ ।
स्वदेशमै बसेर दुःख सुख गरिखाँदै गरेको युवा पनि दिक्दार छ राजनीति भित्रको बिसंगति देखेर । एउटा गाउँ टोल मा भएका हरेक गतिबिधिहरुमा पार्टी कार्यकर्ताको नाममा गुण्डाहरुको दब्दबा हुन्छ । भौतिक विकास, बाटो खन्ने, खेल्कुद मैदान बनाउदा, कुलो पैनी बनाउदा, कसरी आफ्नो पार्टिको नेता कार्यकर्ता को जग्गा जमिन जोगाउने र अरुको अतिक्रमन गर्ने भन्ने कुरामा उनिहरुको दबदबा रहन्छ ।
कसैले त्यसको बिरोध गरेमा उसलाई सामाजिक मानसिक एबम अनेक खाले प्रताडना दिइन्छ । यसबाट बाध्य भएर स्वतन्त्र भएर आफ्नो पेसा ब्यबसाय गरेर खाने ब्यक्ती राजनितिमा होमिन्छ र उ त्यही गतिबिधिमा सन्लग्न हुन्छ ।
यसरी स्थानिय स्तर देखि माथिल्लो निकाय सम्म पार्टी सन्यन्त्र भित्र गलत राजनिती हाबी भएको कारण जनताका जनजिविकाका सवालहरु ओझेल परेका छन् ।
राजनीति त जनताको आशा र भरोसाको केन्द्र बन्नु पर्नेमा डर र त्रासदीको फोहोरको डंगुर बन्दै गएको छ । युवा पुस्ता जबसम्म स्वतस्फुर्त सक्रिय राजनीतिमा आउने वातावरण बन्दैन नेपालमा तबसम्म नेपालको राजनीतिमा आशा भन्दा पनि निरासा बढिरहने छ ।
तपाईको प्रतिक्रिया