Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २६ वैशाख २०७८ । सरुवा रोग विशेषज्ञ डा. विराज कर्माचार्यका अनुसार यो हप्ता नेपालमा गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले कोरोना संक्रमितको संख्या बढेको छ ।

नेपाल र भारतको संक्रमण उस्तै तरिकाले बढेको भन्दै डा.कर्माचार्यले टेष्ट पोजेटिभ देखिने दर भारतको भन्दा नेपालमा दोब्बर रहेको छ ।

भारतमा परीक्षणको २२ प्रतिशतलाई कोरोना देखिँदा नेपालमा ४१.९ प्रतिशत रहेको छ ।

नेपालमा भारतको भन्दा दुई गुणा जति रोग फैलिने दर रहेको पनि डा. कर्माचार्यले बताउनुभयो ।

उहाँले नेपालमा अहिले कन्ट्रयाक्ट ट्रेसिङ नभएकाले संक्रमितहरु कम देखिएको भन्दै तत्काल ट्रेसिङ गरेर तिनीहरुको पनि परीक्षण गरेर कोरोना थप फैलनुबाट रोक्नुपर्नेमा जोड दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments