Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

झापा, १९ वैशाख २०७८। मोरङको रतुवामाई नगरपालिका-९ स्थित आमवारि उर्लाबारी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी २ जना घाइते भएका छन् । आइतबार बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प २६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०४४ प २६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका-७ गडिझारका २७ वर्षीय ललित कटुवाल घाइते भएको र उनको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को २६०९ नम्बरको मोटरसाइकल चालक रङेली नगरपालिका-५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटरसाइकलमा पछाडि सवार बेलबारी नगरपालिका-३ का ३० वर्षीय नवीन ठाकुर गम्भीर घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments