Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, १२ वैशाख २०७८ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेकोले वैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

हाल चालु रहेका र तय भएका परीक्षा स्थगित गर्ने निर्णय कार्यान्वयनका लागि सरकारले आवश्यक निर्देशन दिने एक मन्त्रीले जानकारी दिए ।

सीसीएमसीको आइतबारको बैठकले कोरोनाको संक्रमण दिनानूदिन बढ्दै गएको र परीक्षका कारण त्यसमा बढोत्तरी हुने भएकाले परीक्षा स्थगित गर्ने निर्णय लिएको ती मन्त्रीको भनाइ थियो । सीसीएमसीको निर्णयअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक निर्देशन दिने पनि ती मन्त्रीको भनाइ थियो ।

‘चालु र भोलिदेखि नै तय भएका परिक्षा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ । रिपोर्टिङअनुसार भयावह स्थिति आउन लागेकाले यस्तो निर्णय लिनुपरेको हो । दुई-चार दिनभित्रै संक्रमितको संख्या तीव्र बढ्न लागेकाले यस्तो निर्णय लिइएको हो, उनले भने, ‘मन्त्रिपरिषद्ले सोमबार सिफारिस पारित गर्ने भएपनि कार्यान्वयन भने आजैबाट गर्ने भन्ने निर्णय भएको हो ।’

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments