काठमाडौँ, १२ फागुन २०७७ । पहिलो चरणको खोप अभियान अन्तर्गत हालसम्म ४ लाख २९ हजार ७०५ लाई खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो ।
दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक गौतमले फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेको ५५ वर्ष माथिका सबै नागरिकलाई खोप दिइने बताए ।
उक्त अभियानमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायतका चालक तथा सहचालकलाई खोप दिइने छ । पहिलो मात्रा खोप पाएका व्यक्तिहरुलाई दोस्रो खोपको मात्रा कम्तीमा ८ हप्ताको फरकमा दिइने र सोको जानकारी मिति तोकी सार्वजनिक गरिने उनले बताए । उनले हाल दिइरहेको खोप कोभिसिल्ड गुणस्तर, सुरक्षित र प्रभावकारी देखिएको बताउँदै ढुक्कसँग लगाउन आग्रह गरे ।
कसले कति खोप लगाए ?
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु – १ लाख ३७ हजार ८८६
महिला स्वास्थ्य स्वयंसेविकाहरु – ३२ हजार ९३८
सार्वजनिक फोहोर संकलक सरसफाईकर्मी –६ हजार ५५५
एम्बुलेन्स तथा शव वाहन चालकहरु – १ हजार ७६५
कोभिड(१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी –४ हजार ८६०
वृद्ध आश्रममा आस्रित नागरिक र हेरालु कर्मचारीहरु – ३ हजार ३३८
जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी – २१ हजार ६०
अन्तर्राष्ट्रिय सीमामा खटिने कर्मचारीहरु – १ हजार ३९४
यूएन र कूटनीतिक नियोगका कर्मचारीहरु –११४०
पत्रकारहरु – ६ हजार ७८९
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु –३३ हजार ६९५
जिल्ला तथा पालिका स्तरका सरकारी कर्मचारी –४८ हजार २६६
जनपद प्रहरी – ३२ हजार २२३
सशस्त्र प्रहरी– २२ हजार १४९
बैंकिङ कारोबार गर्ने कर्मचारी– ४९ हजार ७६९
प्राधिकरणका कर्मचारी–१८ हजार ८६९
जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालय – ३ हजार ७५१
नेपाली सेना – १५१७
अन्य – १६४१






