झापा, १२ फागुन २०७७ । छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –१ स्थित मनकामना टोल निवासी ४५ वर्षीय दिलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
मंंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर कुमाल घाइते भएका थिए । घाइते कुमालको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मध्य राति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।






