Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, ५ फागुन २०७७ । देशभर आज थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४८ महिला ७७ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ३८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २१ लाख २७ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ७२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, अछाम र मुगु गरि ६ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ६ सय २१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ६ सय ५० जना र संस्थागत आइसोलेसनमा ९ सय ९१ जना रहेका छन् ।
हालसम्म ६१ जना संक्रमित आइसियुमा रहेका छन् भने, १३ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या २ हजार ५५ पुगेकोे मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया