Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

स्थानीयलाई पहिलो प्राथमिकता दिइने

सविन खतिवडा
गौरादह, २ फागुन । झापाको गौरादह नगरपालिकामा सेवा करारमा १८ जना कर्मचारीको लागि जागिर खुलेको छ ।

नगरपालिका र भूमी सम्बन्धी समस्या समाधान आयोग बीच भएको सम्झौता बमोजिम भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अब्यवस्थित बसोवासहरुको सबै वडामा लागत संकलन गर्न कर्मचारी माग गरिएको हो ।

तथ्याङ्क संकलक पदको लागि चौथो तह सरहको १८ जना कर्मचारी दुई महिनाको लागि आवश्यक परेको र सोही अनुसारको विज्ञापन गरिएको नगरपालिकाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विज्ञापनमा सो पदको उम्मेदवार बन्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको र कम्तिमा ६ महिना कम्प्युटर सम्बन्धी आधारभुत तालिम गरेको हुनुपर्नेछ भनिएको छ ।

उम्मेदवार बन्नको लागि माघ २९ गतेबाट ७ दिन भित्रमा गौरादह नगरपालिकामा आवश्यक कागजातसहित कार्यालय समयभित्र दरखास्त बुझाइसक्नुपर्नेछ ।

कर्मचारी छनौट प्रकृयामा प्रारम्भिक योग्यताको सुची प्रकाशन र अन्तर्वाता गरिने नगरपालिकाले जनाएको छ ।

दरखास्त दिने उम्मेदवारको दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने र स्थानीयलाई पहिलो प्राथमिकता दिइने समेत विज्ञापनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया