झापा, ३० माघ २०७७ । देशभर आज थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४७ महिला ८० पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २१ लाख ११ हजार ६ सय ४९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६९ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, अछाम र मुगु गरि ८ जिल्ला रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ७ सय ७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ७ सय ३ जना र संस्थागत आइसोलेसनमा १ हजार ४ जना रहेका छन् ।
हालसम्म ६२ जना संक्रमित आइसियुमा रहेका छन् भने, १४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या २ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या २ हजार ५४ पुगेकोे मन्त्रालयले जनाएको छ ।






