Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, २८ माघ २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस उपचारका लागि अब सरकारी अस्पताललाई मात्र तोकिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले यस अघि कोरोना भाइरसको उपचारका लागि तोकिएका निजी अस्पतालहरुलाई आजका मितिले १० दिन सम्मको मात्र शोधभर्ना दिइने निर्णय भएको बताउनुभयो ।

यस्तै सरकारले सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क समेत घटाएको छ ।

अब सरकारी प्रयोगशलाहरुले पीसीआर परीक्षण गरेको १ हजार शुल्क लिने प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया