Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २६ माघ २०७७ । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा सञ्चारकर्मी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।

माघ २५ गते बसेको सचिवस्तरीय बैठकले सञ्चारकर्मी र कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई खोप लगाउने निर्णय गरेको हो । पाँच दिनसम्म चल्ने यो अभियानमा सहभागी हुन काठमाडौं उपत्यकाभित्र रहेका सम्बन्धित व्यक्तिहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले खोप लगाउने केन्द्र पनि छुट्याएको छ । पत्रकार एवं सञ्चारकर्मीहरूका लागि निजामती कर्मचारी अस्पताल मीनभवन, युएन एजेन्सीहरूमा कार्यरत तथा विदेशी कर्मचारीका हकमा आश्रित कर्मचारीहरूलाई पाटन अस्पताल ललितपुरमा खोप लगाइने भएको छ ।

यस्तै, राजदुतावास तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीहरूलाई त्रिवि शिक्षण अस्पताल महारजगञ्ज तथा शहिद गंगालाल अस्पताल बाँँसबारीमा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिर भएका जिल्लाहरूको हकमा अर्को व्यवस्था गर्ने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया