Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २५ माघ २०७७ । देशभर आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३६ महिला र ८३ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ६० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार २ सय ५१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख ९३ हजार ४ सय १७ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ५ जिल्ला रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ८ सय १५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ८ सय ८४जना र संस्थागत आइसोलेसनमा ९ सय ३१ जना रहेका छन् ।
हालसम्म ५६ जना संक्रमित आइसियुमा रहेका छन् भने, ११ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड(१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या २ रहेको छ । यो सँगै कोरोना का कारण मृत्यु हुनको संख्या २ हजार ३८ पुगेकोे मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया