झापा, २४ माघ २०७७ । देशभर आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४२ महिला र ५७ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ४८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ७ सय ९४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख ९१ हजार १ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९५ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ४ जिल्ला रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ९ सय ५९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ३२ जना र संस्थागत आइसोलेसनमा ९ सय २७ जना रहेका छन् ।
हालसम्म ६१ जना संक्रमित आइसियुमा रहेका छन् भने, १४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।






