Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २२ माघ २०७७ । कोभिड-१९ विरुद्धको खोप अभियानको नवौं चरणमा झापामा आज ५ सय २४ जनाले खोप लगाएका छन् । जसमा ८६ महिला र ४ सय ३८ पुरुष रहेका छन् ।

कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो प्राथमिकतामा परेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंय सेविकाहरु, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु,पालिकाद्वारा नियुक्त सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरु, कोभिड१९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई खोप लगाईंदै छ ।

जस अन्तर्गत आज मेची अस्पताल भद्रपुर खोप केन्द्रबाट ७१ म्हिला र ४ सय १९ पुरुष गरि ४ सय ९० जनाले, अनारमनी नगर अस्पताल बिर्तामोड खोप केन्द्रबाट ७ महिला र ७ पुरुष गरि १४ जनाले र दमक अस्पताल खोप केन्द्रबाट ८ महिला र १२ पुरुष गरि २० जनाले गरि कुल ५ सय २४ जनाले खोप लगाएको झापा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।

जिल्लामा पहिलो दिन ५ सय ३५ जना, दोस्रो दिन ५ सय ५८ जना, तेस्रो दिन ४ सय ४१ जना, चौथो दिन २ सय २४ जना, पाँचौँ दिन ८ सय २३ र छैठौं दिन ३ सय ४५ जना, सातौं दिन १ सय ६० जनाले, आठौं दिन ९ सय ६० जनाले र नवौं दिनमा ५ सय २४ जनाले खोप लगाइसकेका छन् । झापामा नवौं दिनसम्ममा ४ हजार ५ सय ७० जनाले कोरोना विरुद्धको खोप लगाई सकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया