Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, २२ माघ २०७७ । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी संख्या १ लाख ५८ हजार पुगेको छ । बिहीबार दिउँसो ४ बजेसम्म १ लाख ५८ हजार ४ सय ८७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका ७७ वटै जिल्लाका २ सय १ वटा खोप बुथहरूबाट खोप लगाइएको हो । मन्त्रालयका अनुसार प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४, गण्डकीमा १७ हजार २ सय ६७, लुम्बिनीमा २३ हजार ७ सय ९७, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएका छन् ।

मन्त्रालयले पहिलो चरणको खोप कार्यक्रम माघ २४ गतेसम्म चल्ने जानकारी दिँदै सूचना प्रणालीमा दर्ता नभएका कारण स्वास्थ्यकर्मीलाई खोपबाट बञ्चित हुन नदिन स्वास्थ्यसम्बन्धी संस्थाहरूको प्रमाण–पत्र र फोटो सहितको परिचय–पत्र लिएर आए खोप लगाउन पाइने उल्लेख गरेको छ ।

नेपाल मेडिकल काउन्सील, नेपाल नर्सिङ काउन्सील, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सील र नेपाल फार्मेसी काउन्सीको प्रमाण–पत्र र फोटोसहितको परिचय–पत्र लिएर आउनेलाई सूचना प्रणालीमा नाम नभए पनि खोप लगाइने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया