Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

कमल, २० माघ २०७७ । झापाको कमलमा सोमबार १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कमल गाउँपालिका ४ र ६ को जीवनचोकमा शिविरको आयोजना गरिएको थियो ।कारितास नेपाल र गाउँपालिकाको समन्वयमा भएको शिविरमा आँखा र दाँतको निशुल्क परीक्षण गरिएको थियो ।

युवा क्लब कमल–६ को आयोजना र मित्रता बाल क्लबको सहयोगमा शिविरको आयोजना भएको हो । मेची नेत्रालय हस्पिटल दमक र आमा डेन्टल केयर प्रा.लि दमकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा मेची नेत्रालयका डाक्टर अशोक तिवारी, आमा डेन्टल केयर सेन्टरका डाक्टर अशोक श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीहरुको परीक्षण गर्नुभएको थियो ।

वडाध्यक्ष नगेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा शुरु भएको शिविरमा ३ सय भन्दा बढिले सेवा लिएको कार्यक्रम संयोजक कमल कटुवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया