Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २० माघ २०७७ । देशभर आज थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ७१ महिला र १ सय पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ५९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९५ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ४ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई २ हजार ४ सय जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ६ सय ४७ जना र संस्थागत आइसोलेसनमा ८ सय ६४ जना रहेका छन् ।
हालसम्म १ सय २८ जना संक्रमित आइसियुमा रहेका छन् भने, २१ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १ जनाको मृत्यु भएकोे छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया