Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २० माघ २०७७ । कोभिड-१९ विरुद्धको खोप अभियानको सातौं चरणमा झापामा आज १ सय ६० जनाले खोप लगाएका छन् । जसमा ८५ महिला र ७५ पुरुष रहेका छन् ।

कोभिड-१९ विरुद्धको खोप अभियान अन्र्तगत पहिलो प्राथमिकतामा परेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंय सेविकाहरु, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु,पालिकाद्वारा नियुक्त सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरु, कोभिड१९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई खोप लगाईंदै छ ।

जस अन्तर्गत आज मेची अस्पताल भद्रपुर खोप केन्द्रबाट १२ महिला र १८ पुरुष गरि ३० जनाले, अनारमनी नगर अस्पताल बिर्तामोड खोप केन्द्रबाट ६२ महिला र ३८ पुरुष गरि १ सय जनाले र दमक अस्पताल खोप केन्द्रबाट ११ महिला र १९ पुरुष गरि ३० जनाले गरि कुल १ सय ६० जनाले खोप लगाएको झापा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।

जिल्लामा पहिलो दिन ५ सय ३५ जना, दोस्रो दिन ५ सय ५८ जना, तेस्रो दिन ४ सय ४१ जना, चौथो दिन २ सय २४ जना, पाँचौँ दिन ८ सय २३, छैठौं दिन ३ सय ४५ जना र आज सातौं दिन १ सय ६० जनाले खोप लगाइसकेका छन् । झापामा सातौं दिनसम्ममा आइपुग्दा कुल ३ हजार ८६ जनाले कोरोना विरुद्धको खोप लगाई सकेको जनाइएको छ ।

यसैबीच झापाको दमकमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै झापामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ६ सय १ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म सक्रिय संक्रमित भई आइसोलेसनमा बसेको संक्रमितको संख्या भने ३६ रहेको जनाइएको छ ।

हालसम्म ४ हजार ४ सय ३९ डिस्चार्ज भएका छन् भने, कोरोनाका कारण झापामा हालसम्म १ सय २६ को मृत्यु भएको जनाइएको छ । यस्तैगरि, झापामा हालसम्म ३६ हजार २ सय २६ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया