Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १७ माघ २०७७ । देशभर आज थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ४३ महिला र ६६ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ६ सय १८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख ६७ हजार ६ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ सय ९ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा कालिकोट, रुकुम पश्चिम र मुगु गरि ३ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई २ हजार ७ सय ९९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ९ सय ५५ जना र संस्थागत आइसोलेसनमा ८ सय ४४ जना रहेका छन् ।
हालसम्म १ सय ४४ जना संक्रमित आइसियुमा रहेका छन् भने, २५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया