Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

कमल, १२ माघ २०७७ । कमल नगर जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आईतवार भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसी अरुणेश्वर खनालले कमल नगर जेसीजको पाँचौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन पछि मन्तव्यको क्रममा बेल्दै अध्यक्ष खनालले जेसीजमा लागेका युवालाई तालिम प्रदानगर्ने उद्देश्यले क्षेत्रिय तालिम प्रतिष्ठान स्थापना गरिने नेपाल जेसीजको लक्ष्य रहेको बताउनुभयो । त्यसैगरी जेसीज बाट प्राप्तहुने अवसर अन्तरगत व्यवसायको सुरुवात ,व्यासायीक सम्बन्ध, समुदाय प्रति जेसीजको भुमिका र अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न आवश्यक भएकोले सम्पुर्ण जेसीज सदस्य त्यस तर्फ लाग्न आवश्यक रहेको अध्यक्ष खनालले बताउनुभयो । देश भरमा रहेका १ सय ६१ वटा शाखालाई आत्मनिर्भर बनाउनका लागी विभिन्न कार्यक्रम सन्चालन गरिने समेत अध्यक्ष खनालले बताउनु भयो ।

देशमा परिवर्तन ल्याउन युवा लाग्ने बेला आएको छ । यसकालागी मानव विकास अनिवार्य छ । विकासकालागी नेतृत्व विकासहुन आवश्यक छ । सिप र नेतृत्व विकासका लागी तालिम प्रदान गर्न नेपाल जेसीज तयार रहेको अध्यक्ष खनालले जनाकारी दिनुभयो ।

यस्तै,कमल नगर जेसीजले सामाजिक काम मात्र गरेको छैन । विपदका समयमा समेत उल्लेखनिय कामगरेको छ । कतीपय युवाहरु लागु औषधीको कुलतमा फसिरहेको अवस्थामा जेसीसमा लागेर थुप्रै युवाहरुले समाज रुपान्तरणका लागी काम गरेको छ । जसले समाज रुपान्तरणमा सहयोग पुगेकोे कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथिहरुमा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, नेपाल जेसीज वर्ष २१ मा कार्यकारीणी उपाध्यक्ष जेसी अरुण कुमार दाहाल, नेपाल जेसीज वर्ष १७ का अध्यक्ष जेसी प्रकास प्रसाद अधिकारी, विशेष अतिथिमा नेपाल जेसीज वर्ष २१ का कानुनी सल्लाकार गोकुल सापकोटा, नेपाल जेसीजका वर्ष २१ का महासचिव विकास मानन्धर, नेपाल जेसीजका वर्ष २१ का राष्ट्रिय उपाध्यक्ष प्रमिसा काफ्ले, नेपाल जेसीजका वर्ष २१ का राष्ट्रिय उपाध्यक्ष सुनिल तिम्सिना र कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, अतिथिहरुमा नेकपा कमल गाउँ कमिटी अध्यक्ष भिम राई, नेपालि कांग्रेस कमल गाउँ कमिटी सभापति खगेन भण्डारी, कमल शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने, एन प्याव्सन प्रदेश १ का सचिव अग्नि प्रसाद कोइराला, शिक्षक महासंघ कमल अध्यक्ष हिम दाहाल, कमल प्याब्सन अध्यक्ष बद्रि राई, एनप्याब्सन कमलका अध्यक्ष हजेन्द्र बहादुर बस्नेत, समाजिक व्यक्तित्व कमल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तारा प्रसाद न्यौपाने लगायत ३० शाखा अध्यक्ष सहित करिव ३०० भन्दाको उपस्थिति रहेको कर्यक्रममा दमक जेसी वर्ष २० का अध्यक्ष जेसी कमल कटुवाल लगायतले कमल नगर जेसीजले गरेका कामको प्रशंसा गर्दै नव निर्वाचित सदस्यलाई बधाई तथा कार्यकाल सफताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको पहिलो सत्र कमल नगर जेसीज वर्ष २० का अध्यक्ष जेसी हेम दाहालको अध्यक्षमा भएको कार्यक्रमलाई महासचिव छत्रपति(गोपाल)खनालले सन्चालन गर्नु भएको थियो भने कार्यक्रमको दोश्रो खण्ड वर्ष २१ का अध्यक्ष जेसी छत्रपती(गोपाल) खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नव निर्वाचित महासचिव महेश भण्डारीले सन्चालन गर्नु भएको थियो ।

यस्तै, कमल नगर जेसीज को वर्ष २०२१ का लागी अध्यक्षमा छत्रपती(गोपाल) खनाल कार्यकारिणी उपाध्यक्षमा जेसी भिम अधिकारी र देवि प्रसाद दाहाल , उपाध्यक्षमा जेसी तिर्थ पौडेल, जेसी प्रविण खड्का,जेसी नविन भण्डारी, महासचिव जेसी महेश भण्डारी, कोषध्यक्ष मिलन सापकोटा, कानुनि सल्लाहाकार जेसी रिजु कार्कि, तालिम निर्देशक जेसी युवराज पाठक र जनसम्पर्क अधिकारी जेसी कमला दाहाल अध्यक्षको प्रमुख सल्लकार नारायण बस्नेत निर्वाचित हुनु भएको छ । नव निर्वाचित समितीलाई निर्वाचन समितीका संयोजक केदार कटुवालले सपथ ग्रहण गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया