Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

पूर्ण पाठसहित

काठमाण्डौं, २१ असोज । सरकराले कंचनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकोबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयले आईतबार अपरान्ह प्रतिवेदन सार्वजनिक गरेको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका- २ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न आन्दोलन नै भएपछि सरकारले सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । १५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकोबारेको अध्ययन प्रतिवेदन (लिंक क्लिक गर्नहोस्)Corrected_final

तपाईको प्रतिक्रिया