Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २६ पुष २०७७ । झापाबाट विराटनगर गएका एक युवकको बसभित्रै मृत्यु भएको छ । झापाको केर्खाबाट विराटनगर जाने जनसेवा यातायातको मे १ ख ३३३३ नम्बरको बसमा सवार २६ वर्षीय राजकुमार थापाको बसभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवक आइतबार बिहान केरखाबाट गाडीमा चढेका थिए ।

विराटनगर बसपार्कमा पुगेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए । मृतक थापा मिर्गौला रोगी हुन् । घरबाट उनी उपचारका लागि भन्दै एक्लै ‘नेशनल किड्नी सेन्टर विराटनगर गएको खुलेको छ।

तपाईको प्रतिक्रिया