Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २६ पुष २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीले राष्ट्रिय सभामा समसामयिक विषयमा प्रधानमन्त्री ओलीले दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुका साथै आगामी वैशाखमा चुनावसमेत तय गरिसक्नु भएको छ । प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन् ।

प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने माग ती दलहरुको रहेकै बेला सम्बोधन गर्न लाग्नु भएको हो । पछिल्लो समय प्रधानमन्त्री ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा जारी गर्दा राष्ट्रिय सभामा बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया