Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २२ पुष २०७७ । झापाको गौरादहमा १ दिने कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गौरादह उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय दमकको सहकार्यमा १ दिने कर शिक्षा कार्यक्रम आज(बुधबार) सम्पन्न भएको हो ।

गौरादह-३ स्थित सामुदायिक भवनमा कार्यक्रम सञ्चालन गरिएको थियो । गौरादह उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिका भित्रका उद्योगी व्यवसायीहरुलाई करबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

कर शिक्षा कार्यक्रममा दमक आन्तरिक राजस्व कार्यालयका अधिकृतद्वय देवेन्द्र कुमार लिम्बु र ध्रुवसिंह घलानले कर शिक्षामा सहजीकरण गर्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुलाई वर्तमान समयमा सरकारले निर्धारण गरेको कर सम्बन्धी जानकारी गराएका थिए । यस्तै, करको प्रकृति, दायरा र सेवाबारे पनि कार्यक्रममा जानकारी गराएका थिए । करका बारेमा सबै उद्योगी व्यवसायीहरु जानकार रहनुपर्ने, समयमा इमान्दारिता पूर्वक कर तिर्नुपर्ने, कर नर्तिदा हुने दण्ड जरिवाना बारेमा स्पस्ट पारेका थिए ।

यस्तैगरी, कुनै पनि व्यवसाय वा उद्योगमा आबद्ध व्यक्तिहरु करको दायरामा आउनुपर्ने, व्यक्तिगत फर्म, साझेदारी, प्रालि वा संस्थाको नाममा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा दमक आन्तरिक राजस्व कार्यालयका प्रमुख डम्बरु पराजुली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेबी कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया