Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २१ पुष २०७७ । झापाको गौरादहमा मेलमिलाप कर्ताहरुको लागी ३ दिवशीय न्याय तथा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम आज(मंगलबार) बाट सुरु भएको छ । गौरादह नगरपालिका न्यायिक समितिको आयोजनामा सुरु भएको तालिममा न्यायिक समितीका पदाधिकारी तथा सामाजिक मेलमिलापकर्ताहरुलाई न्याय सम्पादन सम्बन्धि प्रावधानहरुका बारेमा पुनर्ताजगी तथा प्रशिक्षण गराउने कार्यहरु भइरहेको छ ।

तालिममा गौरादह नगरपालिकाका ९ वटा वडाका ४५ जना मेलमिलापकर्ताहरुले सहभागिता जनाएका छन् । कोभिड-१९ को जोखिमका कारण सामाजिक दुरी कायम गर्दै १, २, ३ र ५ नं. वार्डका मेलमिलापकर्ताहरुलाई १ नं. वार्डको सभाहलमा र ४, ६, ७, ८ र ९ नं. वार्डका मेलमिलाप कर्ताहरुलाई ७ नं. वार्डमा नै तालिमको आयोजना गरिएको न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख गिता भेट्वालले जानकारी दिनुभयो ।

तालिममा मेलमिलाप कर्ताहरुको काम, कर्तव्य र क्षेत्रअधिकारका बारेमा जानकारी गराउनुको साथै ग्रामिण क्षेत्रमा हुने हिंसा न्यूनिकरण र विवाद समाधान गर्न सकिने अवस्था तथा प्रकृयाको बारेमा मेलमिलाप कर्ताहरुलाई प्रशिक्षण दिइरहेको जनाइएको छ । २३ गतेसम्म सञ्चालन हुने तालिममा सहभागीहरुलाई मानव अधिकार मञ्चका सहजकर्ता इलामका शिखरनाथ सापकोटा, गायत्री थेगीम, पारस राई र याम मावोहाङ्गले सहजिकरण गरिरहनुभएको छ ।

यस्तै, गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो क्रममा नगरपालिकाले नगरबासी सबैलाई न्यायको प्रत्याभुत गराउने नगर प्रमुख शाहले विश्वास दिलाउनुभयो ।

नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिती संयोजक गिता भेट्वालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिती सदस्य अम्बिका भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया