Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बिराटनगर १८,असोज । लोकतन्त्रको लचिले अभ्यास गर्दैरहेको कांग्रेस भित्र पनि प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा घम्सा-घम्सी छलफल चलेको छ । साझा धारणा बनाएर अघि बड्न नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलको बैठक भएको छ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको २१ सांसद छन् ।कांग्रेस नेतृत्वको सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेकाले कांग्रेसका अधिकांश सांसद अहिले पनि विराटनगरमा नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा छन् ।

अब मुख्यमन्त्री, मन्त्रीहरु र केही सांसदले मात्र नाम र स्थायी राजधानीको बारेमा आफ्नो धारणा राख्ने बाँकी रहेको छ ।नेकपाका सांसदहरुले विराटनगरसँगै इटहरी आसपासका क्षेत्रमा स्थायी राजधानी राख्नुपर्ने पक्षमा उभिएका छन् । नामको बारेमा धेरै सांसदले सगरमाथा र किरात हुनपर्ने पक्षमा मत जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया