Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026
दमक, १४ असोज । जिल्ला प्रहरी कार्यलय झापाले पिडित मैत्री कर्यक्रम “पिडितको साथी ” सुरु गर्ने भएको छ । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एस.पी. भिम प्रसाद ढकालले असोज १५ गतेबाट जिल्ला भित्रका सबै प्रहरी कार्यलयमा पिडितको साथी ७९ जना प्रहरी खटाउने तयारी पूरा भएको बताएका हुन् ।
जिल्ला प्रमुख ढकालले इलाका प्रहरी कार्यलय दमक झापामा आज पत्रकार भेटघाट कार्यक्रम गरी पिडितको साथी प्रहरी कार्यक्रमको अवधारण, प्रभवाकारिता, आवस्यकता र महत्वको बारेमा समेत स्पस्ट पारेका थिए ।
उनका अनुसार नेपाल प्रहरी झापा जिल्लालाई नमुना प्रहरीको रुपमा विकास गर्न र नागरिक मैत्री प्रहरीको प्रत्यक्ष अनुभुती झापाली नागरिकलाई गराउन सो कार्यक्रम अघिसारिएको हो ।
पिडितलाई सहायता गर्नको लागि जिल्ला प्रहरी कार्यलय, जिल्ला भित्रका सबै इलाका प्रहरी कार्यलय, वडा प्रहरी कार्यलय, सिमा प्रहरी चौकी, प्रहरी चौकी, तथा अस्थायी प्रहरी चौकी समेत ६२ तथा जिल्ला ट्राफिक, इलाका ट्राफिक र अस्थायी ट्राफिक १७ समेत गरी जम्मा ७९ वटा इकाईहरुमा “पिडितको साथी” लेखिएको पहिचान सहितको पोसाक लगाएको एक÷एक जना प्रहरी पिडितको सहयोगको लागि खटाइने भएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

के हो झापा प्रहरीमा “पिडितको साथी” कार्यक्रम ?

कुनैपनि घटना वा अपराधबाट पिडित व्याक्तिले प्रहरी कार्यलयमा गएर निवेदन वा जाहेरी दिए पछि त्यस बिषयमा पिडितले पुःन बारम्बार प्रहरी कार्यलयमा धाईरहनु नपर्ने भएको छ । जिल्ला प्रहरी कार्यलय झापाले असोज १५ गतेबाट पिडित मैत्री कार्यक्र अन्तर्गत सो कार्यक्रम सुरु गर्ने तयारी पुरा गरेको बताएको हो । यसकालागि प्रत्येक कार्यलयमा छुट्टा छुट्टै पिडित सहायता डेस्क खडा गरिने समेत बताइएको छ ।
यो कार्यक्र भनेको कुनै घटना वा अपराधबाट पिडितले नजिकको प्रहरी कार्यलयमा आफ्नो समस्या बारे निबेदन, जाहेरी दिएपछि उक्त निबेदन वा जाहेरीको प्रगति के भयो ? आफ्नो निबेदन अनुसार प्रहरीले काम गर्यो गरेन ? आफुलाई पिडा पुर्याउने अपराधी पक्राउ भयो भएन ? प्रमाणहरु संकलन गर्यो गरेन ? त्यस्ता ब्याक्तिलाई कानुनी कारबही भयो भएन ? भनेर बारम्बार प्रहरी कार्यलय धाइरहनु नपर्ने, प्रहरी आफैले पिडितलाई फोन गरेर अनुसन्धानमा भएको प्रगति बारे भनिदिने ब्यवस्था हो ।
प्रहरी सम्म सर्बसाधारण सबैको सहज पहुँच पुगोस भनेर सो कार्यक्रम सुरु गरिएको प्रहरी कार्यलय झापाको प्रेस नोटमा समेत जनाइएको छ । नोटमा लेखिएको छ पिडकलाई करबही भयो भएन भनेर कार्यलय धाइरहनु पर्ने, बिभिन्न पहुँचवाला मान्छे मार्फत प्रहरीलाई सोर्स फोर्स लाउन दगुर्नु पर्ने प्रहरी कार्यलयमा गएर सम्बन्धित कर्मचारीलाई कुर्नुपर्ने विभिन्न खालका दलाल, बिचौलियाको फन्दामा पर्नु पर्ने कुराले पिडित झन् पिडित हुनुपर्ने अवस्था अन्त्य गर्न पिडितको साथी कार्यक्रम सुरु गरिएको हो ।
फौजदारी न्याय प्रशासनको प्रमुख उदेश्य पिडितलाई न्याय दिनु हो तसर्थ शुरुमा प्रहरी कार्यलयमा निवेदन दिए देखिको प्रकृयाबाटै पिडित मैत्री कार्य भैदिएमा पिडितलाई राहात मिल्न सुरु हुने र प्रहरी प्रतिको जनविश्वास पनि सकरात्मक बन्दै जाने हुँदा यो कार्यक्रम शुरु गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments