Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

“आफ्नो डायरीमा लेखेर राख्नुहोस् मित्रहरु, तपाईंहरूले हेर्दा हेर्दै यही वामपन्थी सरकारको नेतृत्वमा देशको विकासले गति लिनेछ।” – युवराज कार्की

“ म चाहिँ सच्चाईको लागि नझुकी सैद्धान्तिक लडाई लडिरहे । एस म्यान कहिल्यै भइन, अहिले पनि गर्वका साथ भन्दछु कि म कसैको दास भएको छैन ।” – कालीदास श्रेष्ठ

झापा गौरादह स्थायी घर भएका दुई नेता युवराज कार्की र कालिदास श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलने भुल्न नमिल्ने नाम हो । २०३२ सालमा पार्टी सदस्यता लिएर पार्टी संगठनको जिम्मेवारी लिएका कार्की र श्रेष्ठ विज्ञान संकायका होनाहार विद्यार्थी थिय ।

निजि पारिवारिक जीवन त्यागेर नेपाल र नेपालीको मुक्तिको सपना सजाएर अधिकृत स्तरको जागिर सेवासुबिधा समेत छाडेर राजनीतिमा सक्रिय द्वोय नेता मध्ये कालिदास श्रेष्ठ पार्टीमा डेढ दशक देखि कार्यकारी भुमिकामा देखिएका छैनन् । युवराज कार्की भने निरन्तर पार्टीको भुमिकामा भएपनि रक्षात्मक देखिन्छन् ।

नेपालको कम्युनिष्ट राजनीति वर्तमान सम्म आइपुग्दा क्रमशः आदर्शको खडेरीले आक्रान्त छ । हालको केपी ओली नेतृत्वको दुईतिहाई बहुमतको नेकपाको सरकार पनि एकपछि अर्को गर्दै बिबादित निर्णयहरुको चाङमा छ ।
सर्बत्र सरकारको मात्र नभएर कम्युनिष्ट पार्टीको आलोचना भइरहेको अवस्थामा नेकपाका दुई नेताहरु सामाजिक संजालमा कम्युनिष्ट पार्टीको बचाउ गर्दै बहसमा भेटिएका छन् ।

नेकपाको इतिहासमा कलंकको दाग नलागेका आदर्शवादी नेता भनेर चिनिने युवराज कार्की र कालिदास श्रेष्ठ किन सामाजिक संजालमा यसरी पोखिए ?

युवराज कार्कीले सामाजिक संजालमा लेखेका छन् ः
मेरो विश्वास

देशमा निर्दलीय पञ्चायती व्यवस्थाको नाममा राजाको निरंकुश शासन थियो। जनता लोकतान्त्रिक अधिकारका लागि लडिरहेका थिए। म पढ्दै गरेको विद्यार्थी थिएँ। आफ्नो अध्ययनलाई अघि बढाउने क्रममा बाध्यतावस मैले धेरैवटा स्कुल र कलेज चाहर्नु पर्यो। तर जति वटा स्कुल र कलेज चाहर्नु परे पनि मैले कहिल्यै दोस्रो स्थानमा झर्नु परेन।

धरानको हात्तीसार क्याम्पसमा प्रयोगशाला प्रविधिको प्रविणता तह (आइएस्सी सरह) को अन्तिम परीक्षामा ८६ प्रतिशत नम्बर ल्याएर ठुलै तहल्का मच्चाएको थिएँ।

मैले चाहदा सरकारी छात्रवृत्तिमा बाहिर गएर पढ्न पाउने सम्भावना पनि सुरक्षित थियो। नेपालमा त्यसतबेला प्रयोगशाला प्रविधिको स्नातक तहको पढाइ हुदैन थियो ।

विज्ञानको विद्यार्थी मैले विषयान्तर गरेर जनप्रशानको स्नातक तह ज्वाइन गरें। त्यसको पहिलो बर्षको परीक्षामा क्याम्पस टप (७८५)गरेर क्याम्पसको सबैभन्दा जेहनदार विद्यार्थीको नाताले छात्रवृत्ति पनि प्राप्त गरेको थिएँ। ठीक त्यसैबेला म भित्र भित्रै लोकतान्त्रिक आन्दोलनको योद्धा पनि बनी सकेको थिएँ।

त्यसबेला काठमाडौँमा एउटा एक्सनमा म गिरफ्तारीमा परें। जेलमा परेकोले मेरो डिपिएको अन्तिम परीक्षा छुट्यो। जेलबाट छुटेपछि पार्टीको निर्देशन बमोजिम म भूमिगत पेशेवर कार्यकर्ताको जिम्मेवारी लिएर गाउँतिर पसें।

मैले यूएनडिपीको जागिर, डिपिएको अध्ययन र ब्यक्तिगत लाभका सबै संभावनाहरु छाडेर आन्दोलनमा लाग्दा मेरा धेरै साथीहरूले ठानेका थिए ’यो युवराज कार्की कस्तो मुर्ख मान्छे होला, त्यत्रो संभावना बोकेको मान्छे, सबै कुरा छाडेर राजतन्त्र फाल्छु भन्दै हिँड्यो, यो भुमण्डलमा चन्द्र र सूर्य रहेसम्म कसैले राजतन्त्र फाल्न सक्छ ? तर हामी आत्मविश्वासका साथ आफ्नो अभियानमा लागि रह्यौं।

हेर्दा हेर्दै राजतन्त्र ढालियो, देशमा गणतन्त्र पनि ल्याईयो। ति साथीहरुको बोली आफै बन्द भयो। मैले समयको मागलाई पक्रेको थिएँ। जे गरेको थिएँ, ठीक गरेको थिएँ।

आज हामी मुलुकको आर्थिक विकास र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर अघि बढिरहेका छौँ। यहि लक्ष्य प्राप्तिका निम्ति हामीले पार्टी एकता गरेर मुलुकमा बलियो कम्युनिष्ट पार्टी पनि निर्माण गरेका छौं । जनताको विराट समर्थन पाएर कम्युनिष्ट पार्टीले बलियो सरकार पनि बनाएको छ ।

केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार स्पष्ट निति र योजनाहरू बनाउदै मुलुकको आर्थिक विकास र समृद्धि बाटोमा अघि बढीरहेको छ । तर यतिबेला कतिपय मानिसहरु आम जनतामा भ्रम सिर्जना गर्ने उद्धेश्यले सरकारप्रति नकारात्मक टिप्पणी मात्र गरिरहेका छन्।

तर मेरो दृढ विश्वास छ वर्तमान वामपन्थी सरकार कै नेतृत्वमा मुलुकले आर्थिक विकास र समृद्धि प्राप्त गर्ने छ। मैले यस्तो विश्वास जाहेर गर्दा सायद कतिपय मानिसहरूले मेरो खिल्ली उडाउन पनि सक्छन् ।

तर म फेरी पनि भन्छु आफ्नो डायरीमा लेखेर राख्नुहोस् मित्रहरु, तपाईंहरूले हेर्दा हेर्दै यहि वामपन्थी सरकारको नेतृत्वमा देशको विकासले गति लिनेछ र एकदिन मुलुकले समृद्धि हासिल गरेरै छाड्नेछ । त्यस बेला पनि तपाईहरुको बोली आफै बन्द हुनेछ ।

सहपाठी तथा सहकर्मी कार्कीको स्टाटसमा कालिदासको कमेन्ट

तपाईले एक बर्ष ड्रप गर्दा धरानमा सँगै एउटै बिषय ल्याब. टेक. पढ्यौं । पढाइ र जागिरको शिलशिलामा २०३२ सालमा काठमण्डौ गयौं ।

युएनडिपीमा जागिर गर्दै तपाईं शङ्करदेब क्याम्पसमा पढ्न थाल्नु भयो । म पनि जागिर खाँदै प्राइभेट पढें । त्यो बेला कामरेड श्याम(अमृत बोहोरा)ले पार्टी सम्पर्क दिनु हुन्थ्यो ।

हामी ३ जना अशोक राई, तपाईं(यूबराज) र म(कालिदास श्रेष्ठ) ले एकैचोटी पार्टी सदस्यता लिएका थियौं(को.के.को) र काठमाण्डौमा को.के.को सेल कमिटि बनाएका थियौं ।

मेरो स्थायी जागिर भएको दुई महिनामै सङ्गठक भै झापा जानु पर्ने निर्णय पार्टीले गरेकोले जागिरबाट राजिनामा दिई झापा जानुपर्याे । तपाईं र अशोक राई काठमाण्डौंकैै आसपासमा रहि अलि समय जागिर खाँदै पार्टी काम पनि गर्नुहुन्थ्यो ।

म चाहिँ २०३४ देखि २०४१ सम्म झापा र ०४१ देखि ०५० सम्म पाँचथर(मेची) मा पार्टी काम गरिरहें ।
जे भए पनि भूमिगत– खुल्ला सबै हिसाबले आ–आफ्नो ठाउँमा पार्टी काम उठाइयो । अशोक राई, तपाईं र म त्यो बेला अमृत बोहोराको गाइड लानइनमा थियौं । त्यसै कारण पाचौं अधिबेशन(२०४९)मा अशोक राई, तपाईं र म पाँचौ महाधिबेशनमा नयाँ जनबादको पक्षधर भएछौं ।

भित्रि सल्लाह नगरिकनै पनि त्यतिबेला हाम्रो बिचार मिलेको थियो । केन्द्रीय नेताहरूले बहुदलिय जनबादको पक्षमा भोट हाल्नु भनेर आव्हान गरेको भए पनि हमीले नयाँ जनबादकै पक्षमा भोट हाल्यौं । हामी १०१ जना नयाँ जनवादमा थियौं । बहुदलिय जनबादमा २०० जना थिए । त्यसरी बहुदलिय जनबाद पस भयो ।

अल्पमत बहुमतको अधिनस्थ हुन्छ , यो त सर्बमान्य कुरा हो तर हामी निशेधको राजनीतिमा पर्याैं । हामीलाई पाखा लगाउने लाख कोशिस भए ।

बहुमत वालाले निषेधको राजनिति गरेकै हुन । त्यो मारमा युबराज जी पनि पर्नु भएकै हो । म चाहिँ सच्चाईको लागि नझुक्ने ठानी सैद्धान्तिक लडाई लडिरहे । एस म्यान हुन चाहिन । अर्थात अन्धोभक्त हुन चाहिन । त्यसको पुरस्कार अहिले सम्म पाईरहेको छु । अहिले पनि म गर्वका साथ भन्दछु कि कसैको दास भएको छैन ।

२०४८ सालमा पार्टीले साम्सद टिकट दिएको भए पनि त्यो लाभको पदमा लोभ नगरी क.डम्बर सम्बाहाम्फे र क. वसन्त नेम्बाङ्गलाई दिएर मैले त्यो बेला पाँचथरको पार्टी सञ्चालन गरेको थिएँ । त्योबेला देशको धेरै ठाउमा निश्चित जितिन्छ भनेको ठाउँमा हारियो तर पाँतथरलाई कमजोर ठानिईको भए पनि जित्ने अवस्थामा पुर्याइयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments