Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं,६ असोज । कहिले सेन्डिगेट हटाउनेमा चुक्यो त कहिले गोविन्द केसीको अनसन प्रकरणमा भुक्यो सरकार । सक्तिशाली भनिएको सरकार चुक्ने र झुक्ने क्रमले शनिवार फेरि अर्को श्रङ्खला थप्योे ।

सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो ।

यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सरकार सहमत भएको हो ।

मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

तपाईको प्रतिक्रिया