Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ४असोज । प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । घोषणा भने शुक्रबार मात्रै हुनेछ । शुक्रबार सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको छ ।

१० वटै विषयगत समितिका सभापतिका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएका हुन् । सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकमा सपथ ग्रहण गराउनेछन् ।

कांग्रेसले सार्वजनिक लेखा समिति र संघीय समाजवादी फोरम नेपालले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएको छ । अन्य सबै समितिमा नेकपाले सभापतिमा उम्मेद्वार दिएको छ ।

  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव,
  • महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल
  • सार्वजनिक लेखा समितिमा भरतकुमार शाह,
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी
  • अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल
  • कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल
  • राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ
  • अर्थ समितिमा कृष्णप्रसाद दाहाल
  • शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती
  • विकास तथा प्रविधि समितिमा कल्याणी कुमारी खड्का
तपाईको प्रतिक्रिया