Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

सुनसरी, ४ असोज – सुनसरी जिल्लाको हरिनगर गाउँपालिका २ भूताहामा रहेको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या भएको छ ।

भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुई जनाको संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।

हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ । गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएको छ। अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया