Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, ७ असोज। गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न परिवारले शुद्ध पिउने पानी उपभोग गर्न पाएका छन्। खानेपानी तथा उपभोक्ता समिति गौरादहले वडा कार्यलयको सहभागितामा गरिब तथा बिपन्न परिवारलाई निशुःल्क धारा जडान गरिदिएपछि शुद्ध पिउने पानी उपभोग गर्न पाएका हुन्।

गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो स्थापनाको २५ औं बर्ष पूरागरेको रजत महोत्सव २०७७ को अवसरमा बिपन्न लक्षित निशुल्क खानेपानी धारा मिटर जडान गरेको बताइएको छ ।

खानेपानी धारा जडानमा सुरुमा तिर्नुपर्दा एकमुष्ठ ठूलो रकम खर्चहुने भएको कारण बिपन्न परिवारलाई धारा जडानमा समस्या थियो । गरिबीको कारण स्वस्थ सफा पानी पिउनबाट उपभोक्ताहरु बञ्चित हुनुनपरोस भनेर खानेपानीले सो कार्यक्रम अघिसारेको संस्थाको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादह र वडा कार्यलयहरुको सभागितामा सुकुम्बासी, गरिब तथा बिपन्न परिवारलाई पानी पिउने व्यवस्था मिलाएको हो।उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं- १,२ र ३ मा बसोबास गरेका सुकुम्बासी, गरिब तथा बिपन्न परिवारलाई धारा बितरण गरेको छ।

संस्थाको नियम अनुसार ७ हजार ५ सय रुपयाँ मिटर जडानमा एकमुष्ठ जम्मा गर्नुर्पेमा धारा जडानका लागि मिटर खरिद गर्न वडा कार्यलयले प्रति घरपरिवार २ हजार ५ सय स्थानीय सरकारको तर्फबाट एकमुष्ठ उपलब्ध गराएपछि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नं -१,२ र ३ भित्र ५ सय १७ गरिब तथा बिपन्न घरपरिवारलाई खानेपानी उपलब्ध गराएको छ।उपभोक्ता समितिले खानेपानीको धारा जडान गरेपछि वडा नं -१ मा १ सय ९४ , वडा नं -२ मा १ सय २३ र वडा नं -३ मा २ सय गरिब तथा बिपन्न घरपरिवार लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका सचिव डण्डीराज घिमिरेले बताए।

गरिब तथा बिपन्न परिवारले आर्थिक अभावका कारण शुद्ध पिउने पानी पिउन पाएका थिएनन्।शुद्ध पिउने पानीको अभावमा कलको आर्सनिक युक्त आइरन भएको पानी पिउन बाध्य थिए।

जनमजदुर गरेर जिबिकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई दुई छाक टार्न समस्या भएकाले शुद्ध पिउने पानीको अभाबमा कलको पानी पिउदै आएका थिए।जनमजदुर गरेर दुई छाक टार्ने बिपन्न परिवार निशुल्कमा खानेपानीको मिटर पाएर धारा जडान गरि पानी पिउन पाउदा हर्षिद भएका छन्।

गौरादह नगरपालिका वडा नं -२ कि लट्टुमई मुर्मुले सौलियतमा आफ्नै आँगनमा धारा जडान गरेर पानी पिउन पाउँदा खुसी ब्यक्त गरिन।जनमन गरेर कमाएको पैसाले घर खर्च चलाउन धौ धौ परेकाले खानेपानीको धारा जडान गरेर पानी उपभोग गर्न पाइएला भन्ने नसोचेको मूर्मूले बताइन्।खानेपानीको धारा जडान गरेर पानी प्रयोग गर्न थालेपछि शुद्ध पानी पिउन पाउनुका साथै कपडा पहेँलो हुने समस्याको अन्त्य भएको बताइन्।

कलको पानीमा सेतो कपडा भिजाएर लुगा धुदा लुगा सुकेपछि पहेलो हुन्थियो।धारा जडान गरेपछि लुगा धुदा कपडामा रङ परिवर्तन नभएको बताइन। गौरादह नगरपालिका वडा नं -२ का सानू मुन्सी हास्दाले खानेपानीको मिटर पाएपनि धारा जडान गर्न नसकेको बताए।जनमन गरेर कमाएको पैसाले घर खर्च चलाउन समेत नपुगेकाले धारा जडान गर्न असमर्थ भएको बताए। खानेपानी संस्थाले मिटर उपलब्ध गराएपनि धारा जडानका लागि आवश्यक पर्ने पाइप तथा अन्य सामग्री खरिद गर्ने पैसा नहुदा धारा जडान गर्न नसकेको बताए।खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले सेवा क्षेत्र भित्र खानेपानी बिस्तार गर्ने कार्यलाई निरन्तरता दिएको छ।

समितिले स्थापना देखि यस बर्ष सम्ममा सेवा क्षेत्र भित्र ३ हजार २८ घरपरिवारलाई खानेपानीको धारा जडान गरेको छ।शुद्ध खानेपानीबाट बन्चित भएका नगरबासिहरुलाई समितिले क्रमशः पाइप बिस्तार गरि धारा जडान कार्यलाई निरन्तरता दिदै सबै नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्य रहेको खानेपानीका सचिब घिमिरेले बताए।

तपाईको प्रतिक्रिया