Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
काठमाडौ, ३१ भदौ– साउदी अरबमा काम गर्ने नेपाली कामदारको पारिश्रमिकमा बृद्धी हुने भएको छ ।
८०० रियल न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । ६ वर्ष पछि ज्यालामा पुनरावलोकन गरिएको हो ।
अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् ।
सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध पनि मन्त्रालयले जनाएको छ ।
साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम जालामा भएको नयाँ व्यवस्थाको विस्तृत तालिक हेर्नुहोः

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया