Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024
गौरादह, ३० भदौ । झापाको गौरिगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिका क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग तिब्ररुपमा बढेपछि स्थानीयहरुले चिन्ता ब्याक्त गरेका छन् । आज इलाका प्रहरीकार्यलय गौरादह झापाले संयोजन गरेको नागरिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयहरुले गौरादह–गौरिगञ्ज क्षेत्रमा बढेको अपराधिक घटना तथा लागुऔसत कारोबार एवं शंकास्पद गतिबिधि प्रति गुनासो समेत गरेका हुन् ।
कार्यक्रमका सभापति तथा इलाका प्रहरी कार्यलय दमकका इन्चार्ज प्रहरी नायब उपरीक्षक डिएसपी   स्यामल सुब्बा भने भारतीय नम्बर प्लेटका सबारी साधन नेपाल प्रवेश अनुमति दिंदा नेपाल प्रहरीले के कस्तो सुरक्षा नीति अवलम्बन गरेको छ भन्नेमा आफु अनबिज्ञ रहेको बताउछन् । उनले इटहरी बिराटनगरको बारेमा थाहाभएपनि गौरादह–गौरिञ्जको बारेमा थाहा नभएको बताएका छन् । यस बारेमा इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक टेकेन्द्र पौडेल संग समन्वय गरेर काम अघिबढाउने सुब्बाले बताए ।
झापाको सिमावर्ती गौरिगञ्ज गाउँपालिका हुँदै दिनमा कति भारतीय सबारी साधन नेपाल भित्रिन्छन् र कुन प्रयोजन तथा कति समय अवधिका लागि भित्रिन्छन् भन्नेमा नेपाल प्रहरी भने बेखबर छ ।
नागरीक सुनुवाईका सहभागि स्थानीयले सो क्षेत्रमा बढेको लागुऔषधको कारोबारको बारेमा जिज्ञासा राख्दा इप्रका दमकका इन्चार्ज सुब्बाले स्थानीयले आफ्नो जिउधनको जोखिम मोलेर प्रहरीलाई सुचना नदिन सुझाएका छन् । उनले महंगा मोटरसाइकल प्रयोग गर्ने तिब्र गतिमा मोटरसाईकल चलाउने तथा हेलमेट प्रयोग नगर्ने सबैलाई शंकाको नजरले हेर्नु नहुने समेत बताए । प्रहरीले लागुऔसतको समस्या पूर्णरुपमा समाधान गर्न नसक्ने तर न्युनिकरणको लागि आफ्नै संयन्त्र प्रयोग गर्ने बताए ।
चाडपर्व नजिकिदैजादा थप सुरक्षा चुनौती थपिने र हालसालै त्यस क्षेत्रमा घटेका घटनामा लागुपदार्थ तथा दुर्ब्यसनमा लागेका ब्यक्तिहरुनै सम्लग्न रहेको पाइएकोले त्यस्ता कार्यलाइ दुरुत्साहन गर्ने तथा रोकथाम गर्ने उपायको बारेमा छलफल केन्द्रीत रहेको थियो ।
स्थानीय खड्ग थापाले भारतीय सवारी साधन नेपाल प्रबेस गर्दा साधानको रेकर्ड राख्न आवश्यक रहेको तथा कुन कामका लागि कति समय अवधिका लागि आएको हो भन्ने कुरा स्पस्ट खुलाइ सिमा प्रबेस स्थलमै कडाइ गर्नु आवश्यक रहेको सुझाब दिए ।
छलफलमा नजिकिदै गरेको चाडपर्व तथा सुरक्षा चुनौती सामधान गर्न इलाका प्रहरी कार्यलय गौरादहमा दरबन्दी अनुसारको जनशक्ति अभाव रहेको बताए । सुब्बाले सुरक्षाका लागि प्रहरीहरु हरतरह लागिपरेको र मुख्य समस्या आवश्यक दरबन्दी र सबारी साधनको कमी भएकोले चुस्त दुरुस्त तबरले सुरक्षा प्रदान गर्नमा कठिनाइ आइपरेको जानकारी गराएका छन ।
इलाका प्रहरी कार्यालय दमकको आयोजना तथा इप्रका गौरादहको संयोजनको सो सार्वजनिक सुनुवाइमा कार्यक्रमको प्रमुख आतिथ्यता जेस्ठ नागरिक संघ गौरादहका अध्यक्ष गोपाल काफ्लेले गरेका थिए । कार्यक्रममा गौरादह नगरपालिकाका जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि उद्योगी ब्यवसायी तथा शिक्षक प्राध्यापकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रसानि बिनोद श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया