Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
काठमाडौं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको दुई दिन (हिजो र आज ) सम्म बसेको बैठकले ठोस निश्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा दुई अध्यक्षलाई दिए संगै पार्टीको तल्लो तहको एकिकरण प्रक्रिया लम्बिएको हो । नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ ।
बुधबार र बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरि दुई अध्यक्षलाई जिम्मा दिइएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
बिहिबार अपरान्हसम्म ६ वटा प्रदेशले आआफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइ सकेको छ । प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन ।
नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् । दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने बुझिएको छ ।
तपाईको प्रतिक्रिया