Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024
सिरहा, १७ भदौ । प्रदेश २ नम्बर प्रदेश सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरमले लहानका चार सरकारी कार्यालयमा तालाबन्दी गरेको हो ।
विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दिपेश यादवको नेतृत्वमा नेपाल बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत प्राधिकरण कार्यालयमा ताला लगाइएको हो ।
तपाईको प्रतिक्रिया