Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
विराटनगर, १७ भदौ – बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।
गत साउन २७ गते दिउँसो बिराटनगर महानगरपालिका– ७ स्थित महानगरका मेयरको कार्यकक्षबाहिर राखिएको सोफा मुनी अज्ञात समूहले राखेको बम विष्फोट भएको थियो ।
मेयरको कार्यकक्ष बाहिर प्यासेजमा बम विष्फोट गराउने कार्यमा संलग्न सिराहाका अभिमनु गिरी, मोरङका मनोज कुमार सिंह र सिराहाका राम रिझन यादवलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी) समुहमा आवद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेकाहरुले भुमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी) को योजना अनुसार विष्फोट गराएको प्रारम्भिक बयान दिएका छन् ।
प्रदेश नम्बर १ र प्रदेश नम्बर २ प्रहरी कार्यालयको सहयोगमा पक्राउ परेकाहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया