Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
गौरादह, १६ भदौ । श्री विकल्प उपभोक्ता सहकारी संस्था लिमिटेड गौरादहको सातौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रभुनाथ गौतमको अध्यक्षतामा भएको साधारणसभा संस्थाका सल्लाहाकार संयोजक तथा प्रज्जवल कलेजीएट एकेडेमीका क्याम्पस प्रमुख सुरेश बहादुर पौडेलको प्रमुख आतिथ्यतामा गौरादह कृषि क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष गौतमले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक बर्ष २०७४÷७५ सम्ममा संस्थाले १ करोड ८२ लाख ९४ हजार १४ रुपैयाँको कारोवार गरेको छ । संस्थाको शेयरपुँजी ४१ लाख ५१ हजार ५ सय रुपैयाँ रहेको छ । बिभिन्न कोष गरेर ६ लाख १४ हजार ४ सय ९८ रुपैयाँ रहेको छ भने निक्षेप हिसाव १ करोड १८ लाख ५२ हजार ८९ रुपैयाँ रहेको संस्थाले पेश गरेको वासलातमा प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले एक करोड ५४ लाख ८३ हजार ५ सय १९ रुपैयाँ लगानी गरेको छ भने बैंक मौज्यात १७ लाख ८३ हजार ५ रुपैयाँ रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा छ । यस आर्थिक बर्षमा संस्थाले २ लाख ७ हजार ९सय ३३ रुपैयाँ नाफा गरेको गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
 साधारण सभामा बिभिन्न विधामा शेयर सदस्यहरुलाई पुरस्किृत समेत गरिएको संस्थाका सहसचिव पदम गजुरेलले बताए । पुरीकृत हुनेहरुमा असल निक्षेप कर्तामा जगत बहादुर अधिकारी, शान्तामाया बराल र सिरोज थापा त्यसैगरी असल ऋिणीमा रन्तोष किमली, इन्द्र बहादुर बिष्ट र दुर्गादेवी चौहान तथा अनिवार्य बचत कर्तामा पवित्रा बस्नेत, अम्बिका देवी बस्नेत र शरद कुमार थापा रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि पौडेल, संस्थाका सेयर सदस्य डण्डिराज घिमिरे, सल्लाहाकार जयबहादुर कार्की, लगायतले शुभकामना मन्तब्य राखेका थिए । साधारण सभामा कोषध्यक्षको प्रतिवेदन बल्लब प्रसाद भट्टराईले र लेखा समितिको प्रतिवेदन संयोजक भिम प्रसाद भट्टराईले प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष गंगा कुमारी कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पुण्य मिश्रले गरेका थिए । संस्थामा आहिलेसम्म ४ सय ४१ जना शेयर सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया