Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
गौरादह, १६ भदौ । नमस्ते वचत तथा ऋण सहकारी संस्था गौरादह झापाको अध्यक्षमा पुनः निर्मल बाँस्तोला सर्बसम्मत चयन भएका छन् ।
शनिवार सम्पन्न संस्थाको दशौं वार्षिक सधारण सभाले संस्थाको सञ्चालक समिति र लेखा समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
अध्यक्ष निर्मल बाँस्तोला
निर्वाचन संयोजक पर्शुराम भट्टराइका अनुसार संस्थाको सञ्चालक समिति अध्यक्षमा वास्तोला सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा पुण्य सिग्देल, सचिवमा दधीराम घिमिरे र सदस्यहरुमा कर्ण देवकोटा, इन्द्र गौतम यज्ञ खनाल, उत्तम दास, माया चुडाल, सिमला खड्गी, विजय दाहाल, लक्ष्मीमाया वि.क. सर्वसम्मत चयन भएको जनाइएको छ ।
त्यसैगरी लेखा समितिमा कविन्द्रराज सेढाईको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति सर्वसम्मत चयन भएको छ । समितिका सदस्यहरुमा टिका रिजाल र भक्ती प्रसाद ढुंगाना रहेका छन् ।
निर्वाचित पदाधिकारीहरु लाई शनिवार नै सपथ ग्रहण गराइएको छ । संस्थाले गत आर्थिक वर्षमा ८ करोड ४१ लख ७२ हजार वराबरको कारोवार गरेको छ ।
संस्थाले आयोजना गरेको दशौँ वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष निर्मल वास्तोलाले सो वारे जानकारी गराएका छन् । संस्थाको कुल शेयर पुँजी १ करोड ६ लाख ४१ हजार ६ सय रहेको लेखा संयोजक कविन्द्र सेढाइले पेश गरेको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले दशौँ साधारण सभाको अवसर पारेर संस्थामा उत्किृष्ठ कारोवार गर्दै असल वचत तथा ऋणी ६ जना लाई पुरस्किृत गरेको छ । सोही अवसरमा संस्थामा आवद्ध शेयर सदस्यका छोरा छोरीहरु एस. ई. ई. परिक्षामा उत्कृष्ठ अंक ल्याउने सामुदायिक तर्पm २ जना र संस्थागत तर्पm २ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
संरक्षक पुँजी फिर्ता कोष तर्पm नगद पुरस्कार सहित ६० जनालाई पुरस्कृत गरिएको थियो । संस्थामा शेयर सदस्य रही यस वर्ष निधन हुने ४ जना शेयर सदस्यको नजिकको हकवाला लाई जीवन विमा अन्तर्गतको रकम उपलब्ध गराइएको छ । जस अन्तर्गत ३ जनालाई जनही १ लाखका दरले र १ जना लाई ५० हजार नगद उपलव्ध गराईएको जनाईएको छ ।
संस्थाले उत्कृष्ठ वालवचत कर्ता ५ जना लाई पुरस्किृत गरेको छ । संस्थाले साधारण सभाको अवसर पारेर नागरिक दैनिकका झापा सम्वादाता पत्रकार युवराज विवश पौडेललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जील्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकालले साधारण सभाको उद्धघाटन गरेका थिए ।
कार्यक्रमा जील्ला सहकारी संघ संचालक समिति सदस्य मिना ढकाल र अर्जुन दंगाल, शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष फडिन्द्रराज दाहाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । पुण्य सिग्देलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कर्ण देवकोटाले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया