Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

२३ गते नेतृत्व चयनका लागि निर्वाचन

गौरादह, १६ भदौ । झापाको शुभलक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहले आफ्नो वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ ।
भदौ २२ गते सम्पन्न हुने २०औं वार्षिक साधारण सभामा पेश गर्ने सो वार्षिक प्रतिबेदन आज एक कार्यक्रमका बीच संस्थाक अध्यक्ष फणिन्द्रराज दहालबाट सार्बजनिक गरिएको हो । शाधारण सभामा सहभागिहुने शेयर सदस्यहरु लाई कार्यलयबाट आजदेखि नै वार्षिक प्रतिवेदन वितरण समेत गरिने ब्यवस्थापक तिलक बहादुर कार्कीले बताए ।
५८ पृष्ठको वार्षिक प्रतिवेदनमा संस्थाको बिस्तृत प्रगति बिवरण तथा अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, कोषध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन समावेश गरिएको छ । प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक बर्ष २०७५। ०७६ का लागि प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययन गरी सेयर सदस्यहरुबाट साधारण सभामा रचनात्मक सल्लाह सुझाबको अपेक्षा समेत गरिएको अध्यक्ष दाहालले बताए ।
प्रतिवेदनमा सहकारीको नेतृत्व चयनको लागि आवस्यक निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७४-०७५ सम्म्ममा संस्थामा २७ सय ४८ सेयर सदस्यहरु रहेका छन् । निर्वाचन कार्यक्रमको प्रकाशित तालिका अनुसार भदौ १८ गते बाट निर्वाचन प्रक्रिया सुरुहुने छ भने भदौ २३ गते निर्वाचन सम्पन्न हुने छ । १९ गते उमेदवार मनोनयन तथा २० गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस सहकारीले विगतदेखि नै पूर्ण लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने गरेको छ ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
शुभलक्ष्मी सरकारी संस्था गौरादहको निर्वाचन कार्यक्रम तालिका
तपाईको प्रतिक्रिया