Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

साउन, २४
एजेन्सी । भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड-१९ परीक्षण गरिएको छ । कोभिड-१९ को नतिजा नेगेटिभ आएको छ ।

उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयुको गैर कोभिड वार्ड राखिएको अस्पताल श्रोतलाई उदृत गर्दैदैनिक भास्करले जनाएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए ।

तपाईको प्रतिक्रिया