Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बिर्तामोड, ४ साउन २०७७ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे झापाको गौरीगन्ज गाउँपालिका–५ स्थित सीमा क्षेत्रमा झडप भएको हो ।

मल्हाटोलीनजिकै भारतबाट आएको तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएका छन् । हवाई फायरपछि तस्कर समूह भागेको उनले बताए ।

यसअघि पनि भारतीय नागरिकले जिल्लाको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि पटकपटक आक्रमण गरिसकेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया