Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झगेन्द्र खड्का
गौरादह, ३ साउन २०७७ । झापा जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने किसानहरुले असार महिनामा धान रोपेपनि धानमा लगाउने युरिया मल नपाएर हाहाकार मचिएको छ। किसानहरु युरिया मल पाइन्छकि भनेर सहकारी संस्था र युरिया मल बिक्रीवितरण गर्ने पसलहरु खोज्दै हिडिरहेका छन्। धानमा लगाउने युरिया मल सहकारी संस्थामा चाडै आउने संकेत नपाएपछि नेपाल भारत सिमा छेउका पसल सम्म पुगेर युरिया खरिद गर्न बाध्य भएका छन्।

भारतिय क्षेत्रबाट सिमा छेउका पसलहरुमा तस्करहरुले रातारात नेपाल भित्र्याएको गुणस्तर कम भएको युरिया खरिद गर्न बाध्य भएका छन्। किसानहरुले युरिया नपाएपछि कम गुणस्तरको युरिया मल दोब्बर भन्दा पनि बढी मूल्य लगाएर खरिद गरिरहेका छन्।

प्रति बोरा ८ सय ५० पर्ने युरिया मल अहिले किसानहरु सिमा छेउका पसलमा पुगेर प्रति बोरा १ हजार ७ सय सम्म लगाएर खरिद गरिरहेका छन। बिहन उज्यालो हुनसाथ किसानहरु साइकल लिएर नेपल भारत सिमा छेउका पसल तिर युरिया मल खरिद गर्न जान्छन।कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट प्राप्त हुने युरिया नजिकमा नपाएपछि ६र७ घण्टाको कष्ट पुर्ण साइकल यात्रा गरेर अधिकांश किसानहरुले महंगो मुल्यमा युरिया खरिद गरिरहेका छन।

केही किसानहरुले अटो रिक्सा,सिटिसफारी र मोटर साइकल प्रयोग गरेर पनि युरिया मल ओसारी रहेका छन। कृषि सामग्री कम्पनीबाट आउने युरिया मल अहिले सम्म आउने संकेत कम देखिएको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईं बताउँछन्। कृषि सामग्री कम्पनी झापाका अनुसार साउन महिनाको दोस्रो साता सम्ममा युरिया मल आउन सक्ने संभावना रहेको ब्यबस्थापक चापागाईंले बताए।

साउन महिनाको दोस्रो हप्ता सम्ममा युरिया आउने संभावना देखिएपनि किसानहरुले असार नबित्दै धानरोपी सकेकाले युरिया लगाउने समय भएको गौरादह नगरपालिका वडा नं.२ का किसान मित्र बहादुर बस्नेत बताउँछन्। धानमा युरिया लगाउने समय भइसक्दा समेत युरिया मल नपाएपछि भारतीय क्षेत्रबाट आयत गरिएको गुणस्तरहिन युरिया महंगो मुल्यमा दुस्ख कष्ट गरेर ल्याई धानमा लगाउनु परेको बस्नेतले गुनासो गरे।

पानी परेकाले युरियाका बोरा लाई पलास्टिकले बेरेर साइकलमा सिमा छेउका पसलबाट युरिया लिएर आइरहेका गौरादह-२ का किसान ज्ञान बहादुर खड्काले सरकारी तवरबाट किसानले पाउने राहत यहि दुख भएको भन्दै व्यङ्ग प्रकट गरे। सरकारी तवरबाट कृषिमा राहात र किसानलाई सुबिधा दिने भनिए पनि बर्सेनि किसानहरुले रासायनिक मल,बीउ र औषधि समयमा नपाउदा किसानले सास्ती र हैरानी बिहोर्नु परेको गौरादह-२ का अर्का किसान लोक बहादुर खड्का बताउँछन्।

तपाईको प्रतिक्रिया