बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

काठमाडौं, ३ साउन २०७७ । नेकपाको सचिवालय बैठक आज वस्ने भएको छ । नेकपाको विवाद समाधान प्रयासका लागि सचिवालय वैठक वस्ने लागेको हो ।

आज(शनिबार)दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगित गरी सचिवालय बैठक बोलाउन सहमत भएका हुन ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्। तर प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ । पार्टीभित्रको किचलोका कारण असार १६ देखि स्थायी कमिटी बैठक बस्न सकेको छैन ।

यसअघि सहमतिका लागि भन्दै बिहीबार भएको छलफलमा स्थायी कमिटी बैठक टुङ्गाएर केन्द्रीय कमिटी बैठक बोलाउने सहमति बनेको बताइएको थियो ।

तपाईको प्रतिक्रिया