Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह, २ साउन २०७७ । गौरादह नगरपालिका वडा नं.३ को वडा कार्यलयले आफ्नै कार्यलयबाट वडा बासिलाई सेवा दिन सुरु गरेको छ। वडा कार्यालयले वडा नं.३ को धोबिनियामा कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न गरेपछि कार्यालयबाट सेवा दिन सुरु गरेको हो।

संविधान सभा सदस्य दिपक कार्की र गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले शुक्रबार एक कार्यक्रमका बिच संयुक्तरुपमा नयाँ भवनको उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै संविधान सभा सदस्य कार्कीले नगर भित्रका वडा कार्यालयहरुले नगरबासिहरुलाई सम्बन्धित वडामा कार्यलय भवन बनाई वडाबासिहरुलाई सेवा दिन सफल भएकोमा धन्यवाद व्यक्त गरेका छन्।

नगर प्रमुख रोहित कुमार शाहले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा वडाबासिहरुलाई सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताए। २०७५ साल चैत महिनामा शिलान्यास गरिएको वडा नं.३ को वडा कार्यालय भवन उद्घाटन भए सँगै वडा नं.३ का वडा बासिहरुले वडाको आफ्नै कार्यलयबाट सेवालिन पाएका छन्।

नवनिर्मित वडा कार्यलय भवन सभाहल, प्यासेज र सौचालय सहित १ तले ७ कोठाको रहेको छ। भवन निर्माणका लागि गौरादह नगरपालिकाबाट ८६ लाख र प्रदेश नं १ प्रदेश सरकारबाट निकासा भएको २५ लाख सहित १ करोड ११ लाख ३० हजार बाट भवन निर्माण कार्य सम्पन्न भएको वडा नं.३ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति गजेन्द्र घिमिरेले जानकारी गराए ।

वडा कार्यालय भवन निर्माण गर्न स्थानीय उमानाथ सिक्देलको परिवारले ३कठ्ठा १० धुर,बिष्णु राईले २ कठ्ठा र लिला कार्कीले १० धुर जग्गा निशुल्क उपलब्ध गराएको वडा नं.३ कि वडा सचिब भावना आचार्यले जानकारी गराईन् । नवनिर्मित भवनको उद्घाटनको अवसरमा जग्गादाताहरु सिक्देल परिवारबाट ४ जना,बिष्णु राई र लिला कार्की सहित ६ जनालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

वडा नं.३ को आफ्नो वडा कार्यलय भवन नहुदा स्थानीय ज्ञान बहादुर न्यौपानेको घर भाडामा लिई कार्यालय स्थापना गरि सेवा दिदै आएको थियो। स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरु निर्वाचित भएपछि गौरादह नगरपालिकाले नगरवासिहरुलाई सहजरूपमा सेवा दिने क्रममा सम्बन्धित वडामा कार्यलय स्थापना गरेको थियो।

गौरादह नगरपालिका भित्रका वडा नं १, ५, ६, ७, ९ को आफ्नो भवन भएपनि वडा नं २,३,४,८ को कार्यलय भवन थिएन।वडा कार्यलय भवन नभएका अन्य वडाका कार्यलय भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन। वडा नं.९ को पुरानो गाबिस भवन जिर्ण अवस्थामा रहेकाले नयाँ भवन निर्माण भइरहेको छ।

कार्यक्रममा गौरादह नगरपालिका उपमेयर गिता भेट्वाल, गौरादह नगरपालिका नगर प्रबक्ता वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, पुर्ब गाबिस अध्यक्ष चिरञ्जीवी दहाल, लगायतले शुभकामना मन्तब्य राखेका थिए।गौरादह नगर प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया