Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ३१ असार २०७७ । झापाको गौरादहमा कोरोना भाइरसको संक्रमणको आशंकामा ६९ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएका सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

उनिहरुको असार २९ गते स्वाब संकलन गरि प्रयोगशालामा पठाइएको थियो । जसमा ५५ पुरुष र १४ महिला रहेका छन् । ५१ जना भारत, मलेसिया, कुवेत र दुवई बाट आएर गौरादह कृषि क्याम्पस र गौरादह-५ स्कुलचौन माविको क्वारेन्टाइनमा आएर बसेका थिए ।

यस्तै, जनप्रतिनिधि, बैंकका कर्मचारी र पशु सेवाका कर्मचारी गरेर १८ जना गरि ६९ जनाको स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया