काठमाडौं, २३ असार २०७७ । लकडाउनपछि ७७० ले लिए पुनः श्रम स्विकृती लिएका छन् । विदेशबाट आएका र भिसा र करार अवधी बाँकी रहेका नेपालीले स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना गरी श्रम स्वीकृती पाउने भएपछि श्रम स्विकृती लिनेको संख्या बढेको छ ।
सरकारले बिदामा आएका र भिसा र करार अवधि बाँकी रहेका श्रमीकले पुनः श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा जान सक्ने व्यवस्था गरेसँगै असार १८ गतेबाट २३ गतेसम्म मात्र जम्मा ७ सय ७० जनाले श्रम स्विकृती लिएका हुन् ।
वैदेशिक रोजगार कार्यालय ताहाचलका अनुसार ४ दिनकै अवधीमा ६ सय ५४ जना पुरुष र १ सय १६ जना महिलाले पुनः श्रम स्विकृती लिएका छन् ।
श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले पनि कोभिड १९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालना गरि स्वेच्छाले जान चाहनेलाई छुट्टै सिफरिस नचाहिने व्यवस्था गरेको छ ।
यस्तै पुनः श्रम स्विकृती सबै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालय तथा वैदेशिक रोजगार कार्यालयबाट उपलब्ध गराइएको छ ।
करार अवधि समाप्त भई पुनः करार नविकरण गरेका र भिसाको म्याद थप भएका हरुलाई पुनः श्रम स्वीकृति उपलब्ध गराइएको वैदेशिक रोज्गार कार्यालयका सुचना अधिकारी छत्रबहादुर शाहले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जान चाहनेहरु भने पुनः श्रम स्विकृती लिएपनि रोजगारीमा जान कहिले पाइने हो भन्नेमा दुविधा रहेको बताउछन् ।
मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहनेले सो देशको अवस्था हेरेर मात्रै जानको लागी पनि अनुरोध गरेको छ ।