Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

रसुवा, २२ असार २०७७ । विगत ६ महिनादेखि बन्द नेपाल–चीन रसुवागढी नाका आज (सोमबार) देखि सञ्चालनमा आएको छ ।

दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुलेको हो । हिमपात र पहिरोका कारण उत्तरी छिमेकी चिनसँगको मुख्य नाका गत पुस १४ बाट बन्द थियो ।

नाका खुलेपछि पहिलो चरणमा केही अघिदेखी चीनतर्फ रोकिएका तयारी पोशाक र स्याउहरु नेपाल भित्रिने रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

नाका संचालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिनेछन् ।

नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुनेछन् । मितेरी पुलसम्म ल्याइएको सामान नेपाली कन्टेनरले ढुवानी गरेर नेपालतर्फ ल्याउनेछन् ।

कोरोना संक्रमणको जोखिम रहेसम्म नेपाली व्यावसायीहरु भने चीनतर्फ जान पाउने छ्रनन् । रसुवागढी नाकासम्म जानको लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया