Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २१ असार २०७७ । यस बर्षको कक्षा ११ को वार्षिक परीक्षा नहुने भएको छ । कोरोना भाइरस र लकडाउनका कारण दुई महिनादेखि रोकिएको परीक्षा नहुने निर्णय भएको हो ।

गत शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालयले नै आन्तरिक मूल्याङ्नबाट परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बैठकले एसईई परीक्षा जस्तै विद्यालयले नै आन्तरिक मूल्याङ्कनबाट नम्वर दिने गरी निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । जसका लागि कार्यविधि बनाउन राष्ट्रिय परीक्षा वोर्डलाई निर्देशन दिईएको छ ।

निर्देशक भट्टराईले यस वर्षमात्र परीक्षा रद्ध भएको तर आगामी वर्षका लागि के भन्ने निर्णय नभएको बताउनुभयो ।

कक्षा ११ को वैसाख २१ गते परीक्षा हुने भएको थियो । लकडाउनका कारण रोकिएको परीक्षावारे सरकारले बल्ल निर्णय गरेको हो तर कक्षा १२ को परीक्षा के गर्ने भन्नेबारे भने निर्णय भएको छैन ।

तपाईको प्रतिक्रिया